You are viewing the translated version of विश्वविद्यालयको कोष.
Section 34
विश्वविद्यालयको कोष
(१) विश्वविधालयको एउटा छुट्टै कोष हुनेछ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्:-
(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट प्राप्त रकम,
(ख) विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त रकम,
(ग) कुनै व्यक्ति वा संस्थाबाट चन्दा, दान, दातव्य वा आर्थिक सहायतास्वरूप प्राप्त रकम,
(घ) विदेशी व्यक्ति वा सरकार र अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट प्राप्त रकम,
(ङ) शिक्षण शुल्कबाट प्राप्त रकम,
(च) विश्वविद्यालयको बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारबाट प्राप्त रकम, र
(छ) विश्वविद्यालयले आर्जन गरेको अन्य सबै प्रकारको रकम ।
(३) उपदफा (२) को खण्ड (घ) बमोजिमको रकम प्राप्त गर्नुअघि विश्वविद्यालयले नेपाल सरकारको अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।
(४) विश्वविद्यालयको कोर्षको रकम बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम इजाजतपत्रप्राप्त वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ।
(५) विश्वविद्यालयको -सबै खर्चहरू विश्वविद्यालय परिषद्बाट स्वीकृत भए बमोजिम उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ।
(६) विश्वविद्यालयको कोष र खाता सञ्चालन सम्बन्धी कार्यविधि तोकिए.बमोजिम हुनेछ।